भाजपा अध्यक्ष शाहलाई भएको स्वाइन फ्लू ‘मेक्सिको’को, कसरी बच्ने यो रोगबाट ?

एजेन्सी– केही दिनअघि नेपालमा पनि स्वाइन फ्लू भेटिएको समाचार फैलिएको थियो । तर, चिकित्सकहरुले त्यसलाई भाइरल फिभरमात्र भने । 

उता, भारतमा भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइन फ्लू भएकाले उनी उपचार गराइरहेका छन् ।

 

के हो स्वाइन फ्लू ?

स्वाइन फ्लू साससँग सम्बन्धी बिमारी हो, यो इन्फ्लुएन्जा टाइप एका कारण हुन्छ । यसो वैज्ञानिक नाम एचवानएनवान हो । सुँगुँरहरुमा पाइने फ्लू भएकाले यसको नाम नै स्वाइन फ्लू रहन गएको हो ।

स्वाइन फ्लू सबैभन्दा पहिले सन् २००९ मा मेक्सिकोमा पाइएको थियो । त्यसयता सयभन्दा धेरै देशमा यसका संक्रमित भेटिएका छन् । स्वाइन फ्लूबारे विभिन्न प्रयोगशालाहरुमा गरिएका अध्ययनले एउटै नतिजा निकालेको छ– उत्तर अमेरिकी सुँगुँरमा पाइएको जिन्स नै यो रोगमा देखिने भएकाले यसलाई स्वाइन फ्लू भनिएको हो ।



सबैभन्दा पहिले स्वाइन फ्लू सुँगुँरबाट सरेको मानिएको थियो तर पछि यो संक्रमण मानिसबाट मानिसमा सर्ने पत्ता लाग्यो ।

 



के हुन् स्वाइन फ्लूका लक्षण ?

स्वाइनको लक्षण आम अन्य फ्लूहरुसँग मिल्छ, त्यसैले यसको पहिचान रगत जाँचबाट मात्र सम्भव हुन्छ । 

त्यसको त यसको मुख्य लक्षण टाउको दुख्नु, अचानक चर्को ज्वरो आउनु, घाँटीमा समस्या देखिनुलगायत हो । कतिपयलाई त स्वाइन फ्लू भएपछि सास फेर्न गाह्रो पनि हुन्छ । झाडापखाला, निद्रा नलाग्नु, पेट दुख्नु तथा वान्ता हुनु पनि यसका लक्षण हुन् ।

यसको गम्भीर संक्रमणका कारण शरीरका कयौँ अंगहरु काम गर्न छाड्छन्, जसका कारण मृत्यु पनि हुनसक्छ ।

 

के उपचार सम्भव छ ?

यसको उपचार सम्भव छ । यो रोग लागेपछि ट्यामीफ्लू तथा रेलेन्जा नामक भाइरसविरोधी औषधि प्रयोग गरिन्छ । चिकित्सकहरु यो रोग लागेका मानिसलाई आराम गर्न, पानी प्रशस्त पिउन सल्लाह दिन्छन् । शरीरको दुखाइ कम गर्न अन्य एन्टिबायोटिक औषधि पनि प्रयोग गर्न सकिन्छ ।

चिकित्सकहरुले औषधिले नै यो फ्लू रोक्न त नसक्ने तर यसको खतरानक असर कम गर्न सक्ने बताउँछन् ।

 

कसरी बच्ने त ?

स्वाइन फ्लूबाट बच्न सबैभन्दा पहिले सरसफाइमा ध्यान दिन जरुरी छ । सार्वजनिक स्थान वा भीडभाडमा जाँदा सतर्क हुनु पर्ने हुन्छ । फ्लू लागेका व्यक्तिसँग दुरी कायम गर्न वा सार्वजनिक स्थानमा जाँदा मास्क प्रयोग गर्दा राम्रो मानिन्छ ।

  • प्रकाशित मिति : माघ ३, २०७५ बिहीबार १३:४३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया