संसदमा माओवादीको प्रश्न- एमालेको अर्थ विभागमा रहेका एम अधिकारी को हुन् ?

नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले नेकपा एमालेको अर्थ विभागमा रहेका एम अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी हुन् वा होइनन् भन्दै प्रश्न गरेकी छन् । बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमालेले अर्थ तथा योजना विभागमा सदस्य बनाएका एम अधिकारी को हुन् भन्ने प्रश्न गरेकी हुन् ।

‘गर्भनरजस्तो व्यक्ति नियम कानुनविपरीत कुनै पनि दलको विभागीय सदस्यको रूपमा रहँदा देशको र सरकारको नीति पालना गर्नुहुन्छ कि प्रतिपक्षको पालना गर्नुहुन्छ,’ सांसद शर्माले भनिन्, ‘अहिले अर्थतन्त्रमाथि नियोजित ढंगले प्रहार भइराखेको छ । अर्थतन्त्र बिग्रियो भनेर आरोप र प्रत्यारोपमा उत्रिएर कुनै व्यक्तिलाई अपराधी घोषणा गर्न खोज्दैछौँ । यसले गम्भीर संकट ल्याएको छ ।’

उनले राष्ट्र बैंक ऐन तथा नियमावलीको विषयमा गभर्नर र डेपुटी गभर्नर कुनै पनि दलमा आवद्ध व्यक्ति नियुक्ति हुन नमिल्ने व्यवस्था रहेको पनि बताइन् । ‘जसरी नियुक्ति भयो त्यो कानुनविपरीत छ । महाप्रसाद अधिकारी जो गभर्नर हुनुहुन्छ । अर्थतन्त्र सम्हाल्नु पर्नेमा बिगार्दै हुनुहुन्छ, शर्माले भनिन्, ‘यसमा गम्भीर ढंगले छानबिन गरियोस् र दोषीउपर प्रचलित ऐन मुताबिक कारबाही गर्नको निम्ति नेपाल सरकारले ध्यान देओस् ।’

एमालेको अर्थ तथा योजना विभागको प्रमुख स्थायी कमिटी सदस्य घनश्याम भुसाल  छन् भने सचिव योगेन्द्र बहादुर शाही छन् । 






  • प्रकाशित मिति : असार २९, २०७९ बुधबार ११:५०:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया