काठमाडाैं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सब डिभिजन कार्यालय भजनी कैलालीमा कार्यरत फरेस्टर हरिशचन्द्र कुमारलाई घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ ।
सामुदायिक वनबाट उपभोक्तासँग दाउरा उपलब्ध गराउन सहज वातावरण बनाइदिने भन्दै उनले सेवाग्राहीसँग १० हजार घुस माग्दै गरेको अवस्थामा आयोगको टोलीले शुक्रबार कार्यालयनजिकैबाट पक्राउ गरेको हो । सो सम्बन्धमा अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
यस्तै, आयोगले शुक्रबारै इलाका प्रशासन कार्यालय सिमरामा कार्यरत सहायक कम्प्युटर अपरेटर राज्यनारायण साहलाई विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र बनाउन पुगेका एक सेवाग्राहीसँग साहले घुस मागेको अभियोग छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।