जसपाका दुई केन्द्रीय सदस्यसहित ६९ जनाले दिए सामूहिक राजीनामा

जनता समाजवादी पार्टी (जसपा) का पर्साका दुई केन्द्रीय सदस्यसहित ६९ जनाले सामूहिक राजीनामा दिएका छन् ।

संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलगायत ९ जना केन्द्रीय कार्यकारिणी सदस्यलाई कारबाही गरेको भोलिपल्ट सो पार्टीका केन्द्रीय सदस्यद्वय वीरेन्द्रप्रसाद यादव र टेकबहादुर शाक्यसहित ६९ जनाले सामुहिक राजीनामा दिएका हुन् । 

वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै पर्साबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यदेखि वडा सदस्यले पार्टी परित्याग गर्दै अध्यक्ष यादवले पार्टीलाई स्वेच्छाचारिता र एकलौटी ढंगले चलाएको आरोप पनि लगाएका छन् । 

पार्टी स्वेच्छचारिता र एकलौटी ढंगबाट सञ्चालन भएको, नीति, नियम र नेतृत्व प्रस्ट नभएको, पार्टीमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हाबी भएको भन्दै राजीनामा दिएको राजिनामा पत्रमा उल्लेख गरेका छन् ।

अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा वीरगञ्जमा असार २९–३० गते बसेको जसपाको केन्द्रीय समितिको बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष भट्टराईसहित नौ जना कार्यकारणी सदस्यहरूलाई पदमुक्तको कारबाही गरेको थियो ।

कारबाहीमा परेपछि नेता भट्टराईले एक विज्ञप्ति जारी गरी पार्टी कारबाहीको निर्णय खारेज माग गर्दै पार्टी पुनर्गठनका लागि जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका थिए ।  





  • प्रकाशित मिति : साउन १, २०७९ आइतबार ७:४९:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया