दैलेखको दुल्लुमा पानी ट्याङ्कीमा डुबेर दाजुबहिनीको मृत्यु

दैलेखको दुल्लु नगरपालिकामा पानी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । दुल्लु–३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्की बोडघाटमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भूवनेश्वर शाहका अनुसार दिनेश र अनिता दिउँसो चार बजे मृत फेला परेका हुन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार ७:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया