विचार मिल्नेसँग एकीकरण गरेर अघि बढ्ने तीन दलको निर्णय

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको बैठक सकिएको छ ।

मंगलबार सिंहदरबारमा बसेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष  माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र वर्षमान पुन सहभागी बैठकले विचार मिल्नेसँग एकता गरेर अघि जाने निर्णय गरेको छ । 

बैठकमा नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलले पछिल्लो समय गरेको निर्णयबारे छलफल भएको बैठकपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए । 

उनले आगामी निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने र गठबन्धनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भएको उनले जानकारी दिए । ‘गठबन्नलाई निरन्तरता दिने र स्थानीय चुनावको परिणामलाई पनि हेरेर कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल भयो,’ प्रचण्डले भने ।

उनले नेकपाकालका एकै पार्टीका बहुमत सदस्यहरु एक ठाउँमा भएकाले विचार मिल्नेसँग एकीकरण गर्नेबारे छलफल भएको बताए । 





  • प्रकाशित मिति : साउन ३, २०७९ मंगलबार १८:३५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया