भारत - चीन सैन्य वार्ता पछि दुवै देशले भने : रचनात्मक र फलदायी छलफल भयो
फाइल तस्बिर

भारत र चीनले सोमबार आइतबार आयोजित १६ औँ चरणको कोर्प्स कमाण्डर - स्तरीय बैठक रचनात्मक रूपमा सम्पन्न भएको जनाएको छ । वार्ताले पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनर्स्थापना गर्न सहयोग गर्ने दुवै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

दुवै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दुवै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य  हुने गरी समाधान गर्न दुवै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ । 

दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत–चीन कोर्प्स कमाण्डर स्तरको १६औँ चरणको बैठक भारततर्फको चुसुल–मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुवै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो ।
 





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार ७:४१:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया