मोरङको विराटनगरबाट अपहरणमा परेकी एक वर्षीया बालिकाको सकुशल उद्धार गरिएको छ । बालिकालाई भारतको दरभंगाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
अपहरणमा संलग्न एक महिलालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मोरङको बूढीगंगा गाउँपालिका–१ का दीपेन्द्र यादव र ममता यादवकी एक वर्षीया छोरी निकिसा गत सोमबार अपहरणमा परेकी थिइन् ।
बालिकालाई दीपेन्द्रकी प्रेमिका अञ्जली साहले अपहरण गरेर दरभंगा पुर्याएको अवस्थामा सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
बालिका र अपहरणमा संलग्न साहलाई अहिले नेपाल ल्याउँदै गरेको डिएसपी कार्कीले बताए ।
अञ्जलीले छोरी निकिसालाई लुगा किनिदिने भन्दै दीपेन्द्रलाई विराटनगरस्थित रोड शेष चोकमा बोलाएकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।