नदी र चुरे दोहनले तराई-मधेसको जीवन संकटग्रस्त : गिरिराजमणि पोखरेल

पूर्व शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चुरेबाट अवैधरुपमा नदीजन्य वस्तुको दोहन गरेर मुठ्ठीभरका मानिसले नागरिकको वातावरणीय अधिकार खोसेको बताएका छन् ।

महोत्तरीका संघीय सांसदसमेत रहेका पोखरेलले संसदमा विशेष समय लिएर बोल्दै चुरे दोहनले तराई मधेसको जीवन संकटग्रस्त बन्दै गएकोप्रति चिन्ता व्यक्त पनि गरे ।

चुरेको प्रमुख उत्पादन सफा पानी समेत हराउँदै गएको उनको भनाइ छ । संसदमा ध्यानाकर्षण गराउँदै नेता पोखरेलले भने, ‘नदीनाला उत्खनन् र दोहनलाई हरहालतमा रोक्नुपर्छ । चुरे हिमालको सुरक्षा कवच हो । यो रहेन भने हिमालमा हिउँ रहँदैन । मधेसमा पिउने पानी पाइँदैन । ठूला हिमताल फुट्न सक्छन् ।’

चुरे संरक्षणको सवालमा हिमाली र पहाडी भेगका बासिन्दा बोल्नुपर्ने अवस्था आएको बताउँदै नेता पोखरेलले तराई भेगका जनताले चुरे दोहनलाई साझा रुपमा उठाउनुपर्नेमा ध्यानाकर्षण गराए ।

नेता पोखरेलले क्रसरमाफियाको दादागिरीलाई समेत संसदमा ध्यानाकर्षण गराएका छन् । २५ पुस ०७६ मा धनुषाका पर्यावरण अभियन्ता दिलीप महतोलाई गरेको निर्मम हत्याले चुरे दोहनमा संग्लन गिरोहको भित्री रुप उजागार भएको बताए । 

क्रसरवालाहरूको अवैध क्रियाकलाप समेत रोक्नुपर्ने नेता पोखरेलले जोड दिए । महोत्तरीमा मात्र अहिले ३० भन्दा बढी क्रसर उद्योग छन् ।





  • प्रकाशित मिति : साउन ४, २०७९ बुधबार १७:१७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया