नेपालका पूर्वकप्तान पारसले लेजेन्ड्स क्रिकेट लिग खेल्ने
फाइल तस्वीर

नेपाली राष्ट्रिय क्रिकेट टाेलीका पूर्वकप्तान पारस खड्काले लेजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् ।

पारसले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेजेन्ड्स लिग खेल्न लागेको जानकारी दिएका हुन् ।

भारतमा आयोजना हुने प्रतियोगिताकाे दोस्रो संस्करण आगामी सेप्टेम्बरदेखि अक्टोबरसम्म हुनेछ ।

प्रतियोगितामा विश्वभरका पूर्वखेलाडीले प्रतिस्पर्धा गर्ने छन् । ४ टोलीले सहभागिता जनाउने प्रतियाेगितामा ११० लेजेन्ड्स खेलाडी हुनेछन् ।

कुल १५ खेल प्रतियाेगितमा हालसम्म पारससहित ५० खेलाडी पक्का भइसकेको लेजेन्ड्स लिग क्रिकेटले जनाएको छ ।

पारसले गतवर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए ।



नेपालले सन् २०१४ मा पारसको कप्तानीमा पहिलो पटक टी-२० विश्वकप खेलेको थियो ।  

प्रतियाेगिताकाे पहिलाे संस्करण वर्ल्ड जायन्ट्सले जितेकाे थियाे ।



  • प्रकाशित मिति : साउन ८, २०७९ आइतबार १७:२०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया