धनगढीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

कैलालीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमबार जिल्लाको धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनगढीको नम्बर २ बस्ने अन्दाजी ५५ वर्षका नेत्रप्रसाद पन्त रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वडा नम्बर ३ का २२ वर्षीय सौजन खड्काले चलाएको से३प ९९० नम्बरको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको थियो ।

घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलचालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षका रामचन्द्र शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।





  • प्रकाशित मिति : साउन ९, २०७९ साेमबार १९:२२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया