मास्क लगाउन सांसदहरूलाई सभामुखको आग्रह

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई मास्क लगाउन आग्रह गरेका छन् । 

उनले सांसदहरूलाई कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका हुन् ।

'कोभिड १९ को संक्रमण दर लगातार बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ, तसर्थ संसदका बैठकहरुमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नु हुन म आग्रह गर्दछु' उनले भने ।

बैठकमा सभामुखको आग्रहपछि सांसदहरूले मास्क लगाएका छन् ।





  • प्रकाशित मिति : साउन १०, २०७९ मंगलबार १५:११:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया