एक सय ७१ पटक रक्तदान गर्ने कर्माचार्यलाई सम्मान

नेपालका सर्वाधिक रक्तदाता प्रेमसागर गरिएको छ । ५६औं राष्ट्रिय रक्तसञ्चार दिवसका अवसरमा कार्यक्रमको आयोजना गर्दै सुर्खेत उद्योग वाणिज्य संघले रक्तदाता कर्माचार्यलाई सम्मान गरेको हो ।

कर्माचार्यले हालसम्म एक सय ७१औँ पटक रक्तदान गरेका छन् । बिहीबार आयोजित सो कार्यक्रममा कर्णालीका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्य, कृति शाक्य गुभाजु र ज्योती पौडेललाई समेत सम्मान गरिएको छ । 

शाक्यले हालसम्म ७५औँ पटक रक्तदान गरिसकेका छन् । उनी कर्णाली प्रदेशमा सर्वाधिक रक्तदान गर्ने व्यक्तिमध्ये पहिलोमा पर्छन् । 

गुभाजु र पौडेलले १९–१९ पटक रक्तदान गरेका छन् । कर्णालीमा महिलातर्फ सबैभन्दा धेरै रक्तदान गर्नेमध्ये उनीहरु अघि छन् ।

बिहीबार आयोजित कार्यक्रममा ८७ पिन्ट रगत संकलन समेत गरिएको छ ।





  • प्रकाशित मिति : साउन १२, २०७९ बिहीबार १९:१४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया