डेढ महिनाका लागि बन्द हुँदै मनकामना केबलकार

मनकामना केबलकार करिब डेढ महिनाका लागि बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्नका लागि २३ साउनदेखि केबलकार सेवा ६ देखि ७ हप्तासम्म बन्द गरिन लागिएको हो । 

एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नती गर्न सेवा बन्द गर्न लागिएको मनकामना केबलकार प्रालिले जनाएको छ । कम्पनीका अनुसार चितवनको कुरिनटारबाट गोरखाको मनकामना मन्दिरसम्म जान यात्रुहरुलाई थप सहज र भरपर्दो सेवा दिनका लागि स्तरोन्नति  गर्न लागिएको हो ।  

‘स्तरोन्नति कार्य करिब पाँच देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ’, कम्पनीले सूचना जारी गर्दै भनेको छ ।  

हेर्नुस्, सूचना :





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार ११:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया