सप्तकोशी बाढीः राहत र उद्धारमा जुट्न मुख्यमन्त्री राईको निर्देशन

सप्तकोशी नदीले काटेको बाँधका कारण प्रभावितको उद्धार र राहतमा खटिन मुख्यमन्त्री राजेद्र राईले निर्देशन दिएका छन् । बुधबार प्रेस नोट जारी गर्दै उनले सप्तकोशी नदीको बहाव पश्चिमतर्फ बढ्दै मानववस्तीमा प्रवेश गरेकोमा चासो र चिन्ता व्यक्त गरेका छन् ।

कोरोना संक्रमणका कारण स्वास्थ्य लाभ गरिरहेका मुख्यमन्त्री राईले नदीको बहाव वस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न उनले स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन दिएका हुन् । 

उनले नदीको बहाव पश्चिमतर्फ बढ्दा सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुर बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको बताएका छन् । मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका वासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आह्वान गरेका छन् । 

उनले तुरुन्त राहत दिनुपर्ने अवस्थाका लागि विभिन्न सामाजिक संघसंस्था  सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेशसरकार प्रतिवद्ध रहेको बताएका छन् ।





  • प्रकाशित मिति : साउन १८, २०७९ बुधबार १७:३४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया