चिकित्सा शिक्षा विधेयक पारित कोसिस जारी राख्ने सभामुखकाे भनाइ

काठमाडौं– सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक पारित गर्न शान्तिपूर्ण तरिकाले कोसिस जारी राख्ने बताएका छन् । बिहीबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै उनले शुक्रबार बस्ने संसद् बैठकमा पनि चिकित्सा शिक्षा विधेयक पारित गर्न पहल गर्ने बताएका हुन् ।

गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा खुलेका अस्पताल केन्द्र सरकारमातहत नराखेको विरोधमाप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ । सभामुख महराले अस्पतालको विषय र चिकित्सा शास्त्र विधेयकको विषय अलग–अलग भएकाले कांग्रेसले संसद् अवरुद्ध गर्न आवश्यक नभएको बताए ।

सरकारले चिकित्सा शिक्षा विधेयक छिटो पारित गर्नुपर्ने भनिरहेको भन्दै महराले सत्तापक्ष र प्रतिपक्षबीचको छलफलबाट सहमति खोज्ने बताए । ‘सत्तापक्ष जसरी पनि गर्नुपर्छ भन्नेमा छ, प्रतिपक्ष जसरी पनि रोक्न खोज्छ, यसमा मैले मिलाउन खोज्ने हो’ सभामुख महराले भने ‘सरकारले छिटो गर्नुपर्छ भनेको छ, त्यो त मान्नुपर्छ, केही न केही भोलि निष्कर्ष निस्केला आशावादी छु ।’

सभामुख महराले कांग्रेसलाई मर्यादित भएर संसदीय व्यवस्था अवलम्बन गर्न आग्रह गरेका छन् । कांग्रेस लामो समयदेखि संसदीय व्यवस्थामा अभ्यस्त हुँदै आएको पार्टी भएको भन्दै उनले मर्यादित भएर संसदीय व्यवस्थामा लाग्न अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : माघ १०, २०७५ बिहीबार १६:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया