गठबन्धनलाई हेर्छु ठ्याक्कै हुँडारजस्तो लाग्छ, लाज सरम पचेको : ओली
फाइल तस्वीर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रम बोल्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिँदै निगरानीमा राख्ने नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

'सिकार त अरू जनावरले पनि खेल्छ । तर, हुँडार जस्तो लाज सरम पचेको । अहिलेको गठबन्धन हेर्छु नि म ठ्याक्कै हुँडार जस्तो लाग्छ । लाज सरम पचेको । यस्‍ताको हामीले निगरानी राख्नै पर्छ' उनले भने ।

सत्ता गठबन्धनका नेताहरूले जे पनि गर्न सक्ने भन्दै सचेत रहेन नेता कार्यकर्ताहरूलाई उनले आग्रह गरे । उनले नयाँ मतदातालाई आफ्नो पक्षमा पार्न निर्देशनसमेत दिए ।

हामीले जनताका समस्या अध्ययन गर्ने र त्यसलाई कसरी समाधान गर्नेदेखि लिएर हाम्रो संगठनको विस्तार गर्नुपर्छ । हाम्रा मतदाता विस्तार गर्दा अरूले दिग्भ्रमित गर्न नपाएका मतदाताहरूलाई हामीले समयमै सही कुराको पक्षमा बनाइ हाल्ने' उनले भने ।





  • प्रकाशित मिति : साउन २०, २०७९ शुक्रबार १४:२२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया