हेटौंडामा पाँचवटा सवारीसाधन आपसमा ठोक्किए, १५ जना घाइते [तस्बिरहरू]

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडामा स्कुल बससहित ५ सवारी आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् । 

केही बेरअघि हेटौंडा–१५ को रातोमाटे नजिक ठूलो ट्रक, दुई ट्यांकर, स्कुल बस र कार आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । 

‘पाँचवटा सवारी ठोक्किएका छन्, १५ जना सामान्य घाइते भएका छन्,’ उनले भने । मानवीय क्षती भने नभएको प्रहरी प्रवक्ता कार्कीले बताए । 

घाइतेको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 





 

  • प्रकाशित मिति : साउन २३, २०७९ साेमबार ११:३०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया