एन्फा कार्यसमिति बैठकमा चार एजेण्डा थप गरियो
फाइल तस्बिर

अखिल नेपाल फुटबल संघ (एन्फा)को बिहिबार बस्ने कार्यसमिति बैठकमा चार एजेण्डा थप गिरिएको छ। यसबारे सम्बन्धित कार्यसमितिका पदाधिकारीहरूलाई पत्राचार गरी जानकारी गराइएको पनि एन्फाले जनाएको छ।

थपिएका चार एजेण्डाहरुमा पुरस्कार राशी सम्बन्धी,महिला नकआउट फुटबल प्रतियोगिता सम्बन्धी, ग्रास रुट तथा महिला फुटबल एकेडेमी सञ्चालन सम्बन्धी र फिफा डे मा राष्ट्रिय फुटबल टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल सम्बन्धी विषय सूचीमा थप गरिएका हुन् । 

त्यसबाहेक बैठकमा नेपाल सुपर लिग (एनएसल), ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग, एन्फाको सिइओ नियुक्ति लगायतका केही महत्त्वपूर्ण विषयमा पनि छलफल हुने सम्भावना छ । एन्फाले बैठक सातदोबाटोस्थित मुख्यालयमा बिहान १० बजे सुरु हुने जनाएको छ। यसअघि बोलाइएको बैठक दुई पटक स्थगित भइसकेको छ।   

यसअघि २ साउनमा बोलाइएको बैठक अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित भएको थियो । पहिलो पटक स्थगित भएको तीन दिनपछि ५ साउनमा बोलाइएको अर्को बैठक एजेण्डामा प्रवेश नै नगरी स्थगित भएको थियो ।

८ असारमा एजेण्डाबिना बोलाइएको पहिलो बैठकले विवादास्पद रूपमा केही महत्त्वपूर्ण निर्णय गरेपछि आलोचनाको चौतर्फी घेराभित्र परेको एन्फा कार्यसमितिको अर्को बैठक बस्न सकेको छैन ।





  • प्रकाशित मिति : साउन २५, २०७९ बुधबार १३:३७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया