नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता आफूले दिलाएको बताएका छन् । 

चीन भ्रमण सकेर बिहीबार राति स्वदेश फर्किएका उनले नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने विश्वास दिलाएको बताएका हुन् ।
 
चिनियाँ विदेशमन्त्रो वाङ यीसँगको भेटमा आफूले एक चीन नीतिप्रति नेपालको दृढ प्रतिबद्धता रहेको जनाएको स्वदेश फर्किएपछि जारी गरिएको प्रेस नोटमा खड्काले उल्लेख गरेका छन् । उनले नेपाल र चीनबीच विगमा भएका सहमति र सम्झौतालाई गति दिन दुवै पक्ष तयार रहेको बताए । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा घोषणा भएको ३.५ बिलियन चिनियाँ युआन सहयोगको उपयोगबारे रचनात्मक कुरा भएको उनको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २६, २०७९ बिहीबार २१:४५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया