आगामी निर्वाचनमा कम्तीमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने शेखर समूहको दाबी

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाप्रति असन्तुष्ट रहँदै आएको शेखर कोइराला समूहको भेलाले आगामी निर्वाचनमा कम्तीमा ४० प्रतिशत उम्मेदवार पाउनुपर्ने दाबी गरेको छ । शनिबार बत्तिसपुतलीमा सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो । 

सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा सरकार चलाएको आरोप लगाउँदै न्यायोचित व्यवहारका लागि दबाब दिने निर्णय गरेको हो । शनिबारको भेला राष्ट्रिय भेलाको पूर्वतयारीका रुपमा बसेको बताइएको छ । 

शनिबारको भेलामा केन्द्रीय सदस्य प्रतिमा गौतम, मधु आचार्य, गुरु घिमिरे, मनोजमणि आचार्य, केशव सिंह, रञ्जित कर्ण, गोमा केसी, कुसुम थापासहित ८० जनाको उपस्थिति थियो।  





  • प्रकाशित मिति : साउन २८, २०७९ शनिबार १८:८:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया