राप्रपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । पार्टीका महामन्त्री राजाराम बर्तौलाका अनुसार आज र भोलि केन्द्रीय कार्यसमिति बैठक बस्नेछ ।
बैठकमा आसन्न आम निर्वाचन र समसामयिक विषयवस्तुमाथि छलफल हुने बताइएको छ ।
अध्यक्ष कमल थापा आइतबार मात्र बेलायतबाट स्वदेश फर्किसकेका छन् । उनी करिब तीन हप्ता बेलायतको निजी भ्रमणमा गएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।