ताइवानको आकाशमा गस्ती गर्दै चिनियाँ विमान

ताइवानी आकाशमा चिनियाँ विमानले पुनः गस्ती गरेको छ । अर्को अमेरिकी प्रतिनिधिमण्डलको स्वशासित टापुको भ्रमण गरिहरेका बेला चिनियाँ सेनाले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको हो । १७ चिनियाँ सैन्य विमान र पाँच वटा जहाजहरूले ताइवान स्ट्रेटको मध्य रेखा पार गरेको छ ।

पिपुल्स लिबरेसन आर्मी एयर फोर्स (पीएलएएएफ)का १७ वटा विमानमध्ये चार सुखोई एसयू–३० लडाकू विमान, तीन सेनयाङ जे–११ जेट फाइटर, दुई शेनयाङ जे–१६ जेट लडाकु विमान र एउटा सान्सी वाई–८ छन् ।

यसअघि अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइपेइ भ्रमणको विरोधमा चीनले ताइवानको रक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । उनको भ्रमणको चीनले निन्दा गरेको थियो । ताइवानलाई चीनले आफ्नो अभिन्न अंश मान्छ भने ताइपेइले आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश ठान्छ । 
 





  • प्रकाशित मिति : भदौ २, २०७९ बिहीबार ८:४२:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया