प्रिमियर लिगामा ह्यारी केनको कीर्तिमान

इंग्लिस क्लब टोटेनहमका स्ट्राइकर ह्यारी केनले नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एकै क्लबबाट सर्वाधिक धेरै प्रिमियर लिग गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

प्रिमियर लिगअन्तर्गत शनिबार राति उल्भ्सविरुद्धको जितमा निर्णायक गोल गरेसँगै केन यो कीर्तिमान आफ्नो नाममा गराउन सफल भए ।
उल्भ्सविरुद्धको यो गोल प्रिमियर लिगमा टोटेनहमका लागि केनको १८५ औं गोल हो ।

केनले म्यानचेस्टर सिटीका पूर्वस्ट्राइकर सर्जियो अगुइरोको नाममा रहेको १८४ गोलको कीर्तिमान तोडेका हुन् । इंग्लिस स्ट्राइकर केनले करियरको २५० औं गोल समेत पूरा गरेका छन् ।  





  • प्रकाशित मिति : भदौ ५, २०७९ आइतबार ८:६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया