अमिताभ बच्चनलाई दोस्रोपटक कोरोना संक्रमण
फरकधार / ८ भदौ, २०७९
यो सामग्री सेयर गर्नुहोस्
फाइल तस्वीर

भारतका चर्चित कलाकार अमिताभ बच्चन कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा आफू कोरोना भाइरसबाट संक्रमित भएको लेखेका छन् । 



'म कोरोना भाइरसबाट संक्रमित भएको भर्खरै पुष्टि भएको छ, पछिल्लो समयमा मेरो सम्पर्कमा रहेकाहरुले कोरोना भाइरसको परीक्षण गराउनु हुन र सतर्कता अपनाउनुहुन अनुरोध छ,' उनले लेखेका छन् ।  



उनले आफू अहिले पहिलो पटक संक्रमित भएको हैन भन्दै यसलाई स्वभाविक र सहज रुपमा लिएको उल्लेख गरेका छन् । यसअघि उनी सन् २०२० को जुलाईमा पहिलो पटक संक्रमित भएका थिए ।



त्यति बेला उनी झण्डै तीन हप्ता अस्पतालमा भर्ना भएर बसेका थिए । उनी मात्रै नभई उनका छोरा तथा अभिनेता अभिषेक बच्चन, बुहारी तथा अभिनेत्री ऐश्वर्य राय र नातिनी आराध्या पनि संक्रमित भएका थिए ।







  • प्रकाशित मिति : भदौ ८, २०७९ बुधबार १५:५०:१२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया