सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमा भिड्ने

म्यानचेस्टर सिटी र चेल्सी काराबाओ कपको तेस्रो चरणमै भिड्ने भएका छन् । प्रिमियर लिग विजेता सिटीले गत सिजनको उपविजेता चेल्सीसँग तेस्रो चरणको खेलमा घरेलु मैदान इतिहाद स्टेडियममा खेल्नेछ । 

नटिङघम फरेस्टले टोटेनहम र म्यानचेस्टर युनाइटेले एस्टन भिल्लासँग खेल्नेछ । साविक विजेता लिभरपुलले घरेलु मैदानमा  दोस्रो डिभिजन (लिग वान) क्लब डर्बी काउन्टीको सामना गर्नेछ । 

त्यस्तै, न्युपोर्ट काउन्टीले लेस्टर सिटी तथा गिलिङघमले ब्रेन्टफोर्डको सामना गर्नेछन् । आर्सनलले ब्राइटन, उल्भ्सले लिड्स, न्यूक्यासलले क्रिस्टल प्यालेस तथा बर्नमाउथले एभर्टनसँग खेल्नेछ ।

तेस्रो चरणका खेल नोभेम्बर ८ देखि १० सम्म हुनेछ ।





  • प्रकाशित मिति : भदौ ९, २०७९ बिहीबार ८:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया