तीन महिनादेखि उदिपुर पहिरोले अवरुद्ध बाटोको विकल्प खोजिएन

लमजुङ सदरमुकाम बेँसीशहर नगरपालिका–१ उदिपुर सडकखण्डमा पहिरोले मोटर बाटो ठप्प भएको तीन महिना बितिसक्यो । तर, अझै यसको भरपर्दो विकल्पको खोजी हुन सकेको छैन । गत वर्ष नै गएको पहिरोले सडक बगाएपछि बुनाबाट अस्थायी ट्रयाक खोलेर यातायात सुचारु गरिएको थियो ।  

यसवर्ष बर्खा लाग्ने बित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाक समेत पूरै सडकलाई नै पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ । अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो ।

त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्‍यै हुँदा तल बाटो थुनिरहेको छ । बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ । तर, कहिले बेसीशहरबाट चिप्लेटीसम्म र उदिपुरबाट फेरि अर्को गाडीमा यातायात गर्नुपर्ने बाध्यता वा सास्ती भोग्नु परिरहेको छ । 

चिप्लेटीबाटै माथि धिमिरेको बाटो हुँदै उदिपुर पुग्ने सडक पनि उपयोग गर्न खोजियो त्यो पनि कामयावी हुन सकेन । यो सडक नगरपालिका भित्र भए पनि डुम्रे–बेसीशहर–चामे सडक भएकाले डिभिजन कार्यालयले हर्ने हो । जसका लागि १९ करोड रुपैयाँ विनियोजन गरेको बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल बताउँछन् ।   





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार ११:५१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया