वाइसिएल अध्यक्ष शेर्पाली भन्छन्– बालेनको काम स्वागतयोग्य छ, कसैले धम्की नदिए हुन्छ

नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिस्ट लिग (वाइसिएल) का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को कामको प्रशंसा गरेका छन् । एमाले नेताहरूले विरोध गरिरहेका बेला वाइसिएल अध्यक्ष शेर्पालीले भने बालेनको कामको प्रशंसा गरेका हुन् ।

राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए ।  केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्ररूपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् ।  

आफ्नो वा पराई कोही नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि शेर्पालीले मेयर शाहलाई आग्रह गरेका छन् ।   





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १३:१९:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया