बालेनको समर्थनमा रामकुमारीका ९ पोइन्ट्स

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो समय गरिरहेका गतिविधिको सामाजिक सन्जालमा खुलेर प्रशंसा भएको छ । काठमाडौं महानगरपालिकाभित्र बेसमेन्ट वा पार्किङ बनाउने भनेर नक्सा पास गरेको भए पनि त्यसलाई अन्य प्रयोजनका लागि प्रयोग भएको भन्दै बालेनले केही दिन यता अनाधिकृत बनेका संरचना हटाइरहेका छन् । 

उनको यो कामको प्रशंसा अधिकांशले गरेका छन् ।

यही प्रशंसा गर्ने सूचीमा परेकी छिन्, पूर्वमन्त्री तथा नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्री पनि । झाँक्रीले शुक्रबार विहान बालेनलाई समर्थन गर्दै नौ बुँदा आफ्नो फेसबुकमा लेखेकी छिन् ।

उनले बालेनलाई आफ्नो समर्थन भन्दै अब उपत्यकाका नदी किनराका अतिक्रमण हटाउन सुरु गर्नु पर्ने पहिलो बुँदामा लेखेकी छिन् । त्यसपछि उनले आफूले गरेको कामको स्मरण गरेकी छिन् । उनले फेसबुकमा आफूले काम सुरु गरे पनि पार्टीका कारण वा दलीय दबाबका कारण पछाडि हटेको उल्लेख गरेकी छिन् । 

उनले लेखेकी छिन्, ‘मलाई जस्तो दलीय दबाब बालेनजीलाई हुँदैन ।’ अनि उनले इमान्दार प्रयासहरु सफल हुने पनि फेसबुकमा उल्लेख गरेकी छिन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७९ शुक्रबार १५:४०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया