बलिउड कलाकार राजु श्रीवास्तव अझै भेन्टिलेटरमा नै रहेका छन् । उनी १० अगस्टमा दिल्लीको एम्स अस्पतालमा भर्ना भएका थिए ।
एक होटलमा जिममा वर्कआउट गरिरहँदा राजुको स्वास्थ्य बिग्रिएको थियो । त्यसपछि उनको उपचार एम्स अस्पतालमा भइरहेको छ । उनलाई अस्पतालमा लगिएको दिनमा नै भेन्टिलेटरमा राखिएको थियो । अहिले पनि उनी भेन्टिलेटरमा नै रहेका छन् ।
उनको स्वास्थ्यअवस्थामा केही सुधार भएको बताइएको छ । तर, उनलाई भेन्टिलेटरमा नै राखेर चिकित्सकहरुले उपचार गरिरहेका छन् । उनकी छोरीले आफ्ना बाबुको विषयमा विभिन्न अफवाह पनि आइरहेको भन्दै त्यसलाई बेवास्ता गर्न अनुरोध गरेकी छिन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।