इण्डोनेसियामा रोहित चन्दआवद्ध केडिरीको छैटौँ हार

नेपाली राष्ट्रिय फुटबल टिमका रक्षक रोहित चन्दसम्मिलित पर्सिक केडिरीले इन्डोनेसियन लिगा वानमा छैटौं पराजय बेहोरेको छ । 

लिगमा हालसम्म जितविहीन रहेको केडिरी शनिबार बाली युनाइटेडसँग ४–० ले पराजित भयो । बालीको जितमा इर्फान जाया, इलिजा स्पासोजेभिच, इभर बेसा र लेर्बी इलियन्ड्री बारुले एक/एक गोल गरे ।

खेलको आठौं मिनेटमा जायाले गोल गर्दै बालीलाई अग्रता लिएका थिए । ६३ औं मिनेटमा स्पासोजेभिचले बालीको अग्रता दोब्बर पारे । यस्तै, ७० औं मिनेटमा बेसाको गोलबाट तेस्रो अग्रता लिएको बालीले ८२ औं मिनेटमा बारुले चौथो गोल गरे ।

खेलमा रोहितले निर्धारित ९० मिनेट नै मैदानमा बिताएका थिए । लिग वानमा सात खेल खेलेको केडिरीको यो छैटौं हार हो । सात खेलबाट १ अंक जोडेको केडिरी तालिकाका पुछारमा छ । 

यता, सात खेलबाट १५ अंक जोडेको बाली तालिकाको दोस्रो स्थानमा छ ।  





  • प्रकाशित मिति : भदौ १२, २०७९ आइतबार ८:५:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया