कुशेऔँसी तथा मोतीराम जयन्तीका अवसरमा घुम्ती कवि गोष्ठी नेपालले आयोजना गरेको कार्यक्रममा लेखक नारायण नेपालको कृति लोकार्पण गरिएको छ ।
काठमाडौंको कपनस्थित यात्री पुस्तकालयमा आयोजित मोतीराम सम्झना विशेष रचना वाचन कार्यक्रमकाबीच वेद अनुवादक तिलक लुइँटेलले ‘दाजु-बहिनीका कुरा’ नामक बाल उपन्यास लोकार्पण गरेका हुन् ।
कार्यक्रममा घुम्ती कविताका अध्यक्ष रामकुमार पण्डित, गीतकार विसु केसी, कवि कृष्णप्रसाद बस्याल, कवि विनोद दाहाल लगायतले आफ्नो सिर्जना सुनाएका थिए ।
पुस्तकालयका प्रमुख कवि त्रिलोचन आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा रामचन्द्र दाहाल, दुर्गा भमरकोटे, निबन्ध आचार्य, ओमकारप्रकाश नेपाल, सुशील पोख्रेल, मोहन कार्की, मिसन अधिकार किशोर श्रेष्ठ लगायतको उपस्थिति थियो ।
भुँडीपुराण प्रकाशनमार्फत बजारमा आएको सो पुस्तक फरक रूपमा बाल मनोविज्ञान बुझ्ने र बुझाउने साहित्यिक कडी हुनसक्ने लेखक नेपालले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।