संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे सुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।
उनले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा पनि जानकारी गराउने कार्यसूची पनि छ ।
त्यस्तै, बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिका सभापति निरादेवी जैरुले ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६,’ पेस गर्ने छिन् ।
बैठकमा उनले नै ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’ पनि पेस गर्ने छिन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियो’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
यस्तो छ प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची :
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज नै विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक मध्यान्ह १२ बजे समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक, २०७९ माथि छलफल हुनेछ ।
आजै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठक पनि बस्दैछ । बैठक दिउँसो ३ बजे समितिको सभा कक्षमा बस्नेछ । बैठकमा भारतीय सेनामा गोर्खा सैनिकको भर्तीका सम्बन्धमा छलफल हुनेछ ।
बैठकमा छलफलका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बोलाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।