तीज आफ्ना अभिव्यक्ति गर्ने महत्वपूर्ण अवसर : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीलाई शुभकामना व्यक्त गरेका छन ।

उनले हरितालिका तीजले सामूहिक रुपमा आवाज बुलन्द गर्ने, सामाजिक सद्भाव, पारिवारिक एकता मजबुद बनाउँदै विद्यमान व्यावहारिक विभेद हटाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

‘नेपाली महिलाहरूले यस पर्वलाई स्वतन्त्रता, सुरक्षा र सम्मानपूर्वक जीवन यापनका लागि वातावरण बनाउने विषयमा सघन बहस गर्नु हुनेछ भन्ने अपेक्षा गरेको छु,’ सभामुखको शुभकामना सन्देशमा भनिएको छ ।  

तीजलाई आफ्ना विषय अभिव्यक्त गर्ने महत्वपूर्ण अवसर बनाउनेतर्फ ध्यान दिन सभामुख सापकोटाको आग्रहसमेत छ ।

तीज नेपाली महिलाले मनाउने मौलिक पर्व भएको उल्लेख गर्दै सभामुख सापकोटाले यस पर्वमा परिवारका सदस्यको पुनर्मिलन, साथीसँगीसँग भेटघाट गरेर आफ्ना सुख दुःख साटासाट गर्ने, विभिन्न परिकार बनाएर खाने, गीत/संगीतका माध्यमबाट मनोरञ्जन लिने बिषयलाई विज्ञानसँग जोड्नुपर्ने उनको तर्क छ ।  





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार ८:०:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया