पशुपतिमा तीजको रौनक, १४ वर्षपछि खुल्यो पूर्वी ढोका [फोटो फिचर]

हिन्दू नारीहरूको महान पर्व हरितालिका तीज आज देशभित्र र बाहिर रहेका नेपाली महिलाले उत्साहका साथ मनाउँदैछन् । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आइएको छ । 

भगवान् शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरमा नाचगान गरी यो पर्व मनाइन्छ । तीजको अवसरमा पशुपतिनाथमा भक्तजनको घुइँचो लागेको छ । यसैबीच, आज पशुपतिनाथ मन्दिरको पूर्वी ढोका १४ वर्षपछि खुलेको छ । पशुपतिनाथका मूल भट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वी ढोका बन्द हुँदै आएको थियो । 

तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपालीलाई मूल भट्ट बनाउने प्रयास बिबादमा परे पछि सुरक्षाका कारण देखाउँदै पूर्वी ढोका बन्द हुँदै आएको थियो । तर, यस वर्ष तीजको अवसरमा भने सो ढोका खोलिएको हो ।   

तस्बिरमा हेरौं, पशुपतिमा तीजको रौनक :





 

 

 

  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार ११:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया