विकास, सुशासन र पारदर्शिताको आन्दोलनमा महिलाको साथ आवश्यक छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका तीज तथा सुदूरपश्चिम प्रदेशमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिएका छन् ।

स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धिको शुभकामना व्यक्त गर्दै ओलीले सांस्कृतिक पर्व तीजले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्ने बताएका छन् । 

ओलीले पर्वका नाउँमा भित्रिरहेको सामाजिक विकृतिलाई सबै मिलेर अन्त्य गर्न आवश्यक रहेको सन्देशमा उल्लेख गरेका छन् । 

सन्देशमा आलीले एमाले राष्ट्रका अभिभारा पूरा गर्न स्पष्ट नीतिका साथ अघि बढेको बताउँदै समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्ने गन्तव्यमा पुग्न एमालेले तय गरेको अभियानमा साथ दिन आग्रह गरेका छन् । 

ओलीले सामाजिक परिवर्तन, विकास, सुशासन, स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन समस्त महिला दिदीबहिनीहरूको बलियो साथ रहने विश्वास सन्देशमा व्यक्त गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १४, २०७९ मंगलबार ११:३३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया