उच्च अदालत पाटनको आदेश
स्वास्थ्यपरीक्षण गर्ने ३७ संस्थाका सञ्चालकलाई थुनामा राख्न नपर्ने

काठमाडौं– उच्च अदालत पाटनले कामका सिलसिलामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सिन्डिकेट गरी कामदार ठगी गरेको आरोपमा सरकारले चलाएको मुद्दाको पक्षमा आदेश जारी गर्न नपर्ने ठहर गरेको छ । 

पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेश पोखरेल र नरेन्द्रकुमार शिवाकोटीको इजालसले आज सरकारको पक्षमा आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । 

‘नेपाल सरकार र मलेसिया सरकारबीच गत कात्तिक १२ गते भएको द्विपक्षीय समझदारी पत्रमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा नेपाल सरकारले ३७ वटा मेडिकल संस्थालाई वैैधानिकता दिएको देखिएको छ,’ उच्च अदालतको आदेशमा उल्लेख छ ।  

अदालतले मुद्दा पुर्पक्षको सम्बन्धमा निवेदकबाट माग गर्ने गरेको धरौटी जमानत मिसिल संलग्न तत्काल प्राप्त प्रमाणका आधार अन्यथा नदेखिएको उल्लेख गर्दै काठमाडौँ जिल्ला अदालत र ललितपुरको आदेश मिलेको ठहरसमेत गरेको छ । सरकारले बायोमेट्रिक, भिएलएन, माइग्राम, ओएससी, जिआइसिसी लगायतका संस्थाले मलेसिया जाने कामदारमाथि ठगी गरेको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो । 

प्रहरीले मेडिकल स्वास्थ्य परीक्षणमा सिन्डिकेट गरेको आरोपमा ३७ संस्थाका सञ्चालकलाई पक्राउ गरेको थियो । आदेशमा कामदारसँग पारदर्शी रुपमा रकम संकलन गरेको, कानुनी रुपमा दर्ता गरी चलाएको र कानुनतः राजश्व तथा कर बुझाएको अवस्थामा थुनामा राखी कारबाही गर्नु नपर्ने उल्लेख छ । 





  • प्रकाशित मिति : माघ १४, २०७५ साेमबार २१:२६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया