लिम्बू कथानक चलचित्र ‘थिम’ झापामा प्रदर्शन गरिने

लिम्बू कथानक चलचित्र ‘थिम’ झापामा प्रदर्शन गरिने भएको छ । पाँचथर र ताप्लेजुङको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त चलचित्र १५-१८ असोजमा झापामा विशेष प्रदर्शन हुन लागेको हो ।

चलचित्र याक्थुङ् फिल्मस प्रालिको व्यनरमा निर्माण भएको हो । थिममा यलम्बर खम्बु (आईदेब राई), सागर केरुङ, कृष्णराज नेम्बाङ, भोजराज साँबाको लगानी रहेको छ भने सुकुमर मेचे, डिबी खुदाङ, मानबहादुर साँबा, नन्दुभाई मेन्याङ्बो सहायक निर्माता हुन् ।

सागर केरुङको लेखन रहेको थिमलाई निर्देशक यलम्बर खम्बूले निर्देशन गरेका हुन् । विक्रम डिसीले छायांकन गरेको थिमको सम्पादन/रङ संयोजन र पोस्टर डिजाइन अनिल कुमार महर्जनले गरेका हुन् । 

थिममा सागर केरुङ, राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ, मानदेव जबेगु, निसाम तुम्बापो, यलम्बर खम्बू, रतन सिगु, नुनाम केरुङलगायतको अभिनय रहेको छ ।





  • प्रकाशित मिति : भदौ १५, २०७९ बुधबार १९:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया