डिएफबी पाेकलमा बायर्नकाे फराकिलाे जित

डिएफबी पाेकलअन्तर्गत पहिलाे चरणमा बायर्न म्युनिखले फराकिलाे जित हात पारेकाे छ । उसले गएरातिकाे खेलमा घरेलु टाेली भिक्टाेरिया काेल्नविरुघद्ध ५–० काे जित हात पारेकाे हाे ।

रेन इनर्जी स्टेडियनमा बायर्नलाई जित दिलाउन रायन ग्रेभेनबर्च, म्याथिस टेल, सादियाे माने, जमाल मुसियाला र  लियोन गोरेट्जका एक/एक गाेल गरे ।

खेलकाे ३५ औं मिनेटमा ग्रेभेनबर्चले बायर्नलाई अग्रता दिलाएका थिए । पहिलाे हाफकाे थप गरिएकाे समयमा टेलले टाेलीकाे अग्रता दाेब्बर बनाए ।

५३ औं मिनेटमा माने र ६७ औं मिनेटमा मुसियालाले गाेल गरेपछि बायर्न ४–० ले अघि बढ्याे । ८२ औं मिनेटमा गाेरेट्जकाले गाेल गर्दै पाहुना टाेलीलाई ५–० काे फराकिलाे जित दिलाए । 





  • प्रकाशित मिति : भदौ १६, २०७९ बिहीबार ७:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया