एमालेसँग तालमेलको कुनै सम्भावना छैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलबीच सिट बाँडफाँट सहमतिको नजिक पुगेको बताएका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशका नेताकार्यकतालाई प्रशिक्षण दिन सुर्खेतको वीरेन्द्रनगर पुगेका उनले पत्रकारसँगको भेटघाटमा क्षेत्र र प्रदेश तोकेरै सिट बाँडफाँटमा गठबन्धन दल सहमति नजिक पुगेको बताएका हुन् ।

‘गठबन्धनमा संख्या सहमतीको नजिक पुुर्‍याएर अब एकैचोटी प्रदेश र क्षेत्र पनि टुङग्याउने गरि काम गरिनेछ । भोलि सबै बसेर क्षेत्र/प्रदेशलाई टुङग्याउने भनेर हामी जुटेका छौं । अन्य सबै पार्टीहरू निर्वाचनमा जुटेका छन्,’ प्रचण्डले भने ।

एनले यसपटकको चुनावमा नेकपा (एमाले) सँग तालमेलको कुनै सम्भावना नरहेको पनि प्रष्ट पारे । ‘यसपटक प्रतिनिधिसभा र प्रदेशसभामा सन्तुलित तालमेल गरिन्छ । तर, नेकपा (एमाले) सँग तालमेलको कुनै सम्भावना छैन । सत्ता गठबन्धनलाई नै बलियो बनाएर निर्वाचनमा होमिन्छौँ,’ प्रचण्डले भने ।

एनले एकीकृत समाजवादीसँग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एउटै घोषणापत्र बनाएर भाग लिने तयारी गरेको पनि बताए । प्रचण्डले एकीकृत समाजवादीसँग एकताको प्रक्रिया अघि बढेको जानकारीसमेत दिए । 

‘हामी अब समाजवादीसँग एक खालको एकताको तयारी पनि गर्दैछौँ’, उनले भने, ‘घोषणापत्र एउटै हुनेतिर पनि हाम्रो प्रयास भईराख्या छ । चुनाव चिह्न भने आ–आफ्नै हुनेछ ।’ प्रचण्डले आगामी प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन–३ बाटै चुनाव लड्ने घोषणा पनि गरे । 





  • प्रकाशित मिति : भदौ १७, २०७९ शुक्रबार १२:५०:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया