दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने

दशरथ रंगशालामा १० वर्षपछि कन्सर्ट हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसबारेमा जानकारी गराइएको हो । 

दशैँको अवसरमा आगामी असोज १५ गते रंगशालामा सांगीतिक महोत्सवको आयोजना हुनेछ । उक्त कन्सर्टमा दि एज ब्याण्ड, नितेशजङ कुँवर, वर्तिका एम राई, आशिष राना, स्वप्न सुमन, भेक, यावेश, त्रिशाला गुरुङ, सुवानी मोक्तान, दि एलिमेन्ट्स ब्याण्डलगायतका कलाकारहरुले प्रस्तुति दिनेछन् । 

कार्यक्रममा बोल्दै पार्टी नेपालका श्री गुरुङले सांगीतिक कार्यक्रमले युवा वर्गमा दशैँको प्रवद्र्धन गर्दै एकताको सन्देश दिने, वर्षौंदेखि थलिएको इभेन्ट म्यानेजमेण्ट व्यवसायको हौसला बढाउने र नेपाली कला तथा संस्कृतिलाई युवापुस्तासँग जोड्न सघाउने लक्ष्य राखिएको बताए । 

दशँै महोत्सवको टिकटक प्रतिस्पर्धासमेत राखिएको र यसमा उत्कृष्ट १० जनालाई पोखरा रिसोर्ट प्याकेज, विभिन्न रेष्टुरेण्टमा डिनर प्याकेज, भिआइपी एक्सेसलगायत पुरस्कार प्रदान गरिने उनले बताए । 

कन्सर्टको आयोजना पार्टी नेपाल, आर्बिट्ररी ग्रुप, केटिएम लाइभ तथा अपट्रेण्डली मिडियाको संयुक्त आयोजनामा हुन लागेको हो । कन्सर्टमा २० हजारभन्दा बढी दर्शक उपस्थित हुने आयोजकले अपेक्षा राखेको छ ।





  • प्रकाशित मिति : भदौ २०, २०७९ साेमबार २२:२१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया