रुग्ण उद्योगहरु सञ्चालन गर्ने मोडालिटी तयार छः मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशभरका रुग्ण उद्योगहरु सञ्चालन गर्ने मोडालिटी तयार भएको बताएका छन् । 

मन्त्रालय सम्हालेको ५ महिना अवधिमा भएका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले यसै वर्षदेखि बन्द रहकोमध्ये विभिन्न सातवटा उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण एकाइमा पेस गरिएको उनले बताए । 

रुग्ण उद्योगहरुको पुनः सञ्चालन र व्यवस्थापनका सम्बन्धमा गठित कार्यदलले गोरखकाली रबर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड एण्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, विराटनगर जुट मिल र हेटौँडा कपडा उद्योग सञ्चालनका लागि विकल्पसहितको सञ्चालन मोडालिटी तयार गरिसकेको बताए । 

मन्त्री बडूले कार्यदलले तयार गरेको मोडालिटी मन्त्रिपरिषद्बाट समेत पास भई उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण एकाइमा पेस गरिएको बताए । मन्त्रालय सम्बन्धी १७ वटा सार्वजनिक संसाधन संस्थानमध्ये ७ वटाको चल÷अचल सम्पत्ति यकिन गरी संरक्षणका लागि अभिलेखन कार्य सुरु गरेको पनि उनले बताए । 





  • प्रकाशित मिति : भदौ २३, २०७९ बिहीबार २०:५७:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया