प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली चितवन आउँदै

दुई शीर्ष नेता आज चितवन आउँदै छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधामन्त्री केपी ओली आज चितवन आउँदै छन् ।

कांग्रेसले सञ्चालन गरेको ‘जनताको साथ’ मा कांग्रेस अभियानको समापनका लागि देउवा आज चितवन आउन लागेका हुन् । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा हुने कार्यक्रममा देउवा अपरान्ह करिब १२ बजे सहभागी हुने छन् ।

आम निर्वाचनको घोषणापछि प्रधानमन्त्री देउवा पहिलोपटक चितवन आउन लागेका हुन् । यही १० भदौदेखि सुरु भएको अभियानको पहिलो चरणको कार्यक्रम आज समापन हुँदैछ ।

एमाले अध्यक्ष ओली भने मातृ शोकमा रहेका एमाले उपाध्यक्ष एवम् पूर्व गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न चितवन आउन लागेका हुन् । बादलकी आमाको निधन ६ दिनअघि भएको छ ।

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित निवासमा ओली र बादलबीच करिब एक घण्टा भेटघाट हुने एमाले नेतृ पार्वती रावलले जानकारी दिइन् । 

ओलीको अन्य भने कुनै औपचारिक कार्यक्रम नरहेको उनले बताइन् । 





  • प्रकाशित मिति : भदौ २४, २०७९ शुक्रबार १०:५७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया