अमेरिकी डलर ओरालो, युरो लाग्यो उकालो

नेपाल राष्ट्र बैंकले  मंगलबारका लागि प्रकाशित गरेकाे विदेशी मुद्रा विनिमय दरअनुसार अमेरिकी डलरको भाउमा ओरालो लागेकाे छ भने युरोपियन युरो बढेको छ । 

सोमबार एकको खरिद दर १२७ रुपैयाँ ४ पैसा र बिक्री दर १२७ रुपैयाँ ६४ पैसा रहेको अमेरिकी डलर मंगलबार घटेर एकको खरिदमा १२६ रुपैयाँ ९४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ५४ पैसामा झरेको हो ।

त्यस्तै, एकको खरिद मूल्य १२७ रुपैयाँ ५६ पैसा र बिक्री मूल्य १२८ रुपैयाँ १६ पैसा रहेको युरोपियन युरो म‌ंगलबार बढेर खरिदमा १२८ रुपैयाँ ७७ पैसा र बिक्रीमा १२९ रुपैयाँ ३८ पैसा पुगेको छ ।  

अष्ट्रेलियन डलरको भाउ पनि बढेको छ । सोमबार एकको खरिद दर ८६ रुपैयाँ ९२ पैसा र बिक्री दर ८७ रुपैयाँ ३३ पैसा रहेको अष्ट्रेलियन डलर मंगलबार बढेर खरिदमा ८७ रुपैयाँ २३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ६५ पैसा पुगेको हो । 

त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ६७ पैसा र बिक्री दर ९८ रुपैयाँ १३ पैसा, सिङ्गापुर डलर एकको खरिदमा ९० रुपैयाँ ९१ पैसा र बिक्री दर ९१ रुपैयाँ ३४ पैसा, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९० पैसा र बिक्रीदर ८ रुपैयाँ ९४ पैसा रहेको छ । 

यता, डलरसँगै साउदी रियालमा सामान्य ओरालाे लागेकाे छ भने कतारी रियाल बढेको छ । यसअघि खरिद मूल्य ३३ रुपैयाँ ८१ पैसा र बिक्री दर ३३ रुपैयाँ ९७ पैसा रहेको साउदी रियाल आज खरिदमा ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा कायम भएको छ  छ ।



कतारी रियाल भने सामान्य महङ्गिएको छ । यसअघि एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८५ पैसा रहेको कतारी रियालको खरिद दर ३४ रुपैयाँ ७० पैसा र बिक्रीमा ३४ रुपैयाँ ८६ पैसा कायम भएको छ । 



  • प्रकाशित मिति : भदौ २८, २०७९ मंगलबार ११:१०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया