काठमाडौं महानगरपालिकाका फुटपाथ व्यापारीले बिहीबार प्रदर्शन गरेका छन् । उनीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका हुन् । व्यापारीले फुटपाथ व्यापार गर्न पाउनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उपस्थिति व्यापारीले ‘गरी खान देउ,’ ‘सन्ध्याकालिन बजारको व्यवस्था गर’, ‘सडकमा व्यापार गर्नु रहर होइन हाम्रो बाध्यता हो,’ ‘स्वरोजगार श्रमिकलाई पञ्जीकरण गर,’ ‘फुटपाथको उचित व्यवस्थापन गर,’ लगायत लेखेका प्लेकार्ड बोकेका छन् । आवातजावत गर्न गाह्रो भएको भन्दै केही समययता महानगरपालिकाले फुटपाथका व्यापारीलाई त्यहाँबाट हट्न भनिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।