राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मकवानपुरका १६ विद्यालय छनोट

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा मकवानपुरका १६ विद्यालय छनोट राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि मकवानपुरका १६ विद्यालय छनोट भएका छन् । चालू आर्थिक वर्ष २०७९/०८० का लागि आइसिटी ल्याब सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाका तीन विद्यालयसहित १४ विद्यालय छनौटमा परेका छन् ।

त्यस्तै, भवन निर्माणका लागि दुईवटा विद्यालयले अनुदान पाउने छन् । राजदेवी माध्यमिक विद्यालय हेटौंडा १७, आधारभूत माध्यमिक विद्यालय हेटौंडा–१५ भोर्ले र त्रिभुवन माध्यमिक विद्यालय हेटौंडा–१६ आइसिटी ल्याब अनुदानका लागि छनोट भएका छन् राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत मकवानपुरगढी गाउँपालिकाका रानीशेरा माध्यमिक विद्यालय र चण्डिका माविले आइसिटी ल्याबका लागि रकम अनुदान प्राप्त गरेका छन् । बागमती गाउँपालिकाबाट विष्णु आधारभूत विद्यालय र चौरा आधारभूत विद्यालय छनोटमा परेका छन् ।

मनहरी गाउँपालिकाकाको श्री जनज्योति मावि, बाल जिवन ज्योति मावि, इन्द्रसरोवरको बात्सला देवी मावि, बकैया गाउँपालिकाको बाघ भैरव मावि र जनक मावि, राकसिराङ कालिका आधारभूत र देविटार आधारभूत विद्यालयले आइसिटी ल्याब सञ्चालनका लागि अनुदान पाएका छन् । आइसिटी ल्याब सञ्चालनका लागि छनौट भएका विद्यालयले ६ लाख ५० हजारका दरले अनुदान प्राप्त गर्नेछन् ।

अरनीको आधारभूत विद्यालय हेटौंडा १९ र शंकरज्योति आधारभूत विद्यालय हेटौंडा ११ ले चार कोठे भवन निर्माणका लागि अनुदान प्राप्त गरेका छन् । चार कोठे भवन निर्माणको अनुदान ४५ लाख रहेको छ ।





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १०:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया