नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर, अनधिकृत संरचना हटाइँदै
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउन डोजर चलाएको छ । शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो । 

सडक मिचेर बनेका संरचना र पसल हटाउन महानगरपालिकाले डोजर चलाएको हो । यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो। 

काठमाडौं महानगरले पछिल्लो समय अनधिकृत संरचनामा हटाउन अभियान नै सञ्चालन गर्दै आएको छ । यसअघि भूमिगत पार्किङ हटाउने अभियान पनि महानगरपालिकाले बानेश्वर बाटै सुरु गरेको थियो । 





  • प्रकाशित मिति : भदौ ३१, २०७९ शुक्रबार १४:५३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया