डा. केसीको जीवन रक्षा गर्न रेजिडेन्ट्स डक्टर्सको माग

धनगढीमा अनशनरत डाक्टर गोविन्द केसीको माग तत्काल पूरा गर्न रेजिडेन्ट्स डक्टर्सले सरकारसँग माग गरेका छन् । ६ दिनदेखि अनसनरत डा. केसीले उठाएका माग तत्काल पूरा गर्न उनीहरुले माग गरेका हुन् । 

नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन त्रिवि शिक्षण अस्पताल, रेजिडेन्ट एसोसिएसन अफ न्याम्स वीर अस्पताल र जुनियर रेजिडेन्ट वेलफियर सोसाइटी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले संयुक्त रुपमा विज्ञप्ति जारी गरी डा. केसीको माग पूरा गर्न ध्यानाकर्षण गराएका छन् ।

तत्काल वार्ता गरी डाक्टर केसीको जीवन रक्षा गर्न उनीहरुको माग छ । डाक्टर केसीको मागलाई तत्काल सम्बोधन नगरिए देशव्यापी रुपमा आफ्नो ड्युटीबाट अलग भई आन्दोलनमा उत्रने उनीहरुको चेतावनी छ । 

विज्ञप्तिमा भनिएको छ, ‘६ दिन बितिसक्दा समेत कानमा तेल र आँखामा पट्टी बाँधेर बस्ने सरकारको रबैया प्रति आवासीय चिकित्सकहरुको देशव्यापी रहेका सम्पूर्ण संगठनहरुको तर्फबाट घो निन्दा प्रकट गर्दछौँ । तत्काल वार्ता गरी उहाँका सम्पूर्ण मागहरु पूरा गर्दै डा. केसीको जीवन रक्षाको समेत माग गर्दछौँ ।

डाक्टर केसीको माग र जीवन रक्षाका लागि पहल गरिदिन उनीहरुले नेपाल चिकित्सक संघलाई आग्रह समेत गरेका छन् ।





  • प्रकाशित मिति : असोज १, २०७९ शनिबार १९:४२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया