चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक

चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच गायक बाबु बोगटीले करिब दुई दशकअघिको आफ्नो चर्चित गीत ‘सान्नानी’को रिमेक भर्सन सार्वजनिक गरेका हुन् । 

प्रहिल कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बाबु बोगटी, पुष्प खड्का, प्रिज्मा र प्रिन्सी खतिवडा फिचर्ड छन् । 

गीतमा ज्ञानीकुमारी बोगटीको शब्द तथा संगीत रहेको छ भने नयाँ भर्सनको एरेन्ज मोहित मुनालले गेका छन् । भिडियोमा उत्तम हुमागाईंको छायांकन र माधव बेल्वासेको सम्पादन छ । भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन् । 

०६१ सालमा सार्वजनिक भएको ‘सान्नानी’ गीत त्यसबेला निकै चर्चित भएको थियो । यो गीतबाटै गायक बोगटी सांगीतिक क्षेत्रमा स्थापित भएका थिए । ओरिजिनल भर्सनको भिडियोमा बाबु र नन्दिता केसीको अभिनय रहेको थियो भने निर्देशन आलोक नेम्बाङले गरेका थिए । 

कार्यक्रममा बोल्दै गायक बोगटीले सांगीतिक क्षेत्रमा ख्याति कमाउनुको पछि यही गीत रहेको बताए । धेरैले पुरानो गीतभन्दा नयाँ गीत गाउन सुझाब दिए पनि आफूले १२ वर्षमा खोला त फर्किन्छ यो त २० वर्ष भइसक्यो भन्ने हिसाबले उत्तर दिँदै आएको बताए । 

कार्यक्रममा अभिनेता पुष्प खड्काले यो गीत अहिलेका दर्शकसामु पुनः पुर्याउनु आफैँमा राम्रो भएको बताए । कार्यक्रममा गायक बोगटीले चाँडै नै सान्नानीको दोस्रो भर्सन ल्याउने घोषणा गरे । 





  • प्रकाशित मिति : असोज २, २०७९ आइतबार १८:३४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया