संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।  पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । 

राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई राष्ट्र गौरव सम्मानित गरिने भएको छ ।

मन्त्रिपरिषद्को ३१ भदौको निर्णयअनुसार राष्ट्रपति भण्डारीले विभूषणको घोषणा गरेकी हुन् । पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो ।  





  • प्रकाशित मिति : असोज ३, २०७९ साेमबार ७:१६:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया